मकवानपुरमा कोरोना कारण १६३ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु भएको संख्या १ सय ६३ जना पुगेको छ ।
जिल्लामा आइतबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ सय ६३ जना पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ हालसम्म १ सय १६ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै, संक्रमणबाट थाहानगरपालिकाका ९, मकवानपुरगढी गाउँपालिकाका ५, बागमती गाउँपालिकाका ४, कैलाश गाउँपालिकाका २, मनहरी गाउँपालिकाका १३, भीमफेदी गाउँपालिकाका ७, बकैया गाउँपालिकाका ५ र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ ।
हाल जिल्लामा २ सय ९५ जना संक्रमित रहेका छन् । जसमा २ सय ७९ जना घरमै र १७ जना जिल्लाका विभिन्न अस्पतालमा उपचाररत छन् ।
