कांग्रेस हेटौंडा १८ को सभापतिमा बानियाँ
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १८ नम्वर वडा सभापतिमा राजेन्द्रराज बानियाँ सर्वसम्मत चयन भएका छन् ।
आइतबार भएको १४ औं वडा अधिवेशनबाट बानियाँ सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै वडा समितिको उपसभापतिमा पुरुषोत्तम अधिकारी र गोर्कण सुबेदी, सचिवमा युवराज खतिवडा र बेन्जन थापा, सह–सचिवमा मनिल थापा र रजनी श्रेष्ठ चयन भएका छन् ।
१८ नम्बर वडामा नेपाली कांग्रेसको क्रियाशिल सदस्य दुई सय ७६ जना रहेका छन् । भेलाले कांग्रेस मकवानपुरका सभापती इन्द्रबहादुर बानियाँ, कोषाध्यक्ष गोपीलाल बिक, सहसचिव रामबाबु बानियाँ, सदस्य शुसान्त कुमार क्षेष्ठ लगाएत २८ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
