बकैयाको भिरकोटमा लोकतान्त्रिक गठबन्धन
मकवानपुर, २९ कात्तिक । लोकतान्त्रिक गठबन्धनले मकवानपुरको बकैया गाउँपालिका–७ स्थित भिरकोटमा चुनावी कार्यक्रम गरेको छ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा समेत कार्यक्रममा सहभागी भएका थिए ।
नेपाली काँग्रेस बकैया–७ मा सभापति युवराज थिङको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक माईकल रामचन्द्र अर्याल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज लामिछाने, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल लगायतले मन्तव्य राखेका थिए ।
