अखिल महिला क्रान्तिकारी थाहा ७ को अध्यक्षमा मोक्तान
मकवानपुर । नेकपा माओवादी निकट अखिल नेपाल महिला संगठन क्रान्तिकारी थाहा नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा चित्र कुमारी मोक्तान चयन भएका छन् ।
शनिबार भएको भेलाले मोक्तानको संयोजकत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा सुन्तली माया गुरुङ, सचिवमा सबिना तामाङ, कोषाध्यक्षमा मिना कुमारी स्याङ्तान, सहसचिवमा उर्मिला थिङ चयन गरेको हो ।
यस्तै, सदस्यहरुमा क्रमशः कुमारी मोक्तान, जानकी गुरुङ, रिता ठकुरी, मेनुका कार्की, पबित्रा परियार, बिमला थिङ, सुशिला गोले थिङ रहेका छन् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुर जिल्ला कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज शकुन्तला गोपालीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र थाहा नगर कमिटी सचिवालय सदस्य तथा वाईसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, ७ नम्बर वडा अध्यक्ष रामबहादुर स्याङ्तान, वाईसीएल मकवानपुर जिल्ला कमिटि सदस्य गुमान सिं मुक्तान (अरुण) लगायतको आतिथ्यता रहेको थियो ।
