मकवानपुरमा महिला संचारकर्मीहरुले मनाए तीज
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा महिला संचारकर्मीहरुले तीज विशेष कार्यक्रम मनाएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा स्वास्थ्य मापदण्ड पालना गरी महिला संचारकर्मीहरुले तीज मनाएका हुन् ।
कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा भएको हो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष सम्झना कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला संचारर्कीहरुले दर खाएर खुसीयाली साटासाट गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले परम्परागत साँस्कृति र मौलिकता जोगाई राख्नका लागि महिला संचारकर्मीले विशेष चार्डको रुपमा लिएर कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गरेकी थिईन् ।


