मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुग्यो

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार ०८:३९
filr-photo

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६२ जना पुगेको छ ।

जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ सय ६२ जना पुगेको जनस्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ४८ वर्षीया महिलाको मृत्यु भएको हो । ती महिलालाई गत भदौ १७ गते कोरोना संक्रमण पुष्टि भई हेटौंडा अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुरमा हालसम्म कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिकाका ११५, थाहानगरपालिकाका ९, मकवानपुरगढी गाउँपालिकाका ५, बागमती गाउँपालिकाका ४, कैलाश गाउँपालिकाका २, मनहरी गाउँपालिकाका १३, भीमफेदी गाउँपालिकाका ७, बकैया गाउँपालिकाका ५ र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ ।

संक्रमणका कारण जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म कुनै पनि व्यक्तिको मृत्यु भएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।