आजीवन सदस्यलाई निःशुल्क रगत उपलब्ध गराउने

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार ०८:०९
file-photo

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजीवन सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

उपशाखाको शनिबार बसेको बैठकले उपशाखामा रहेका आजिवन सदस्यहरूलाई रगतको आवश्यकता परेको बेलामा रक्तसञ्चार केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो ।

रगतको आवश्यकता परेको बेला बिरामीलाई रगत उपलब्ध गराउने र बिरामीलाई उपलब्ध गराएको रगतको मूल्य बराबरको रकम हेटौंडा उपशाखाले रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउने जनाइएको छ ।

अहिले रक्तसञ्चार केन्द्रले प्रति युनिट रगतको ८ सय ५० रुपैया लिंदै आएको छ ।