बस दुर्घटना हुँदा १५ जना घाइते
सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
बस सल्यानको कपुरकोट गाउँपालिका –३ मूलपानी भन्ने स्थानमा आज (शुक्रबार) दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।
दाङबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख १७९२ नम्बरको बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको सल्यान प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घाइतेहरुको अवस्था सामान्य रहेको र उद्धारका लागि प्रहरी टोली त्यहाँ पुगिसकेको छ ।
