सानिमा लाईफको पहिलो कारोबार ३०९ रुपैयाँ
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) को पहिलो कारोबार ३०९ रुपैयाँ भएको छ ।
नेप्सेले सूचीकरण भएपछि कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम तोकेको थियो ।
नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत साउन २० देखि २४ गतेसम्म आईपीओ को बिक्री खुलाएको थियो ।
गत साउन ३० गते बाँडफाँड भएको सेयर ५ लाख ४० हजार जनाले १० कित्ताका दरमा सेयर पाएका थिए ।



