कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार ०७:५७
file-photo

काठमाडौं । कोरोना महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले कोरोना महामारीका कारण गत साउनमा स्थगित परीक्षा भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणबाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमै बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए ।

गत जेठमा तय भएको परीक्षा साउन ३१ गते शुरु गर्ने भनिए पनि कोरोना संक्रमण उच्च भएपछि रोकिएको थियो ।

बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्यांकनका लागि परीक्षा लिएको थियो । तर यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।