नेकपा एमाले बकैया–५ को अध्यक्षमा जिम्बा

तु खबर संवाददाता
२०७८ भाद्र १६, बुधबार ०८:४६

मकवानपुर । नेकपा एमाले बकैया गाउँपालिका वडा नम्वर ५ को अध्यक्षमा लालबहादुर जिम्बा चयन भएका छन् ।

मंगलबार भएको वडा भेलाले जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरेको हो ।

कार्यक्रम एमाले बागमती प्रदेश सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।

यसैगरी, वडा भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपालगायत विभिन्न पार्टी परित्याग एक दर्जन बढी नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई प्रमुख अतिथि पौडेलले टिका लगाएर स्वागत गरेकी हुन् ।

कार्यक्रममा एमाले मकवानपुरका जिल्ला सदस्यहरु दलबहादुर वाइवा, कृष्णप्रसाद चौलागाईं , बेलप्रसाद दाहाल ,सरला बोलखे,बकैया अध्यक्ष गोपाल दाहाल लगाएतको उपस्थिति रहेको थियो ।