मकवानपुरमा आज एकैदिन ५ वटा पुस्तकालय उद्घाटन हुँदै

तु खबर संवाददाता
२०७८ भाद्र १५, मंगलवार ०९:०२

मकवानपुर । मकवानपुरमा आज एकैदिन ५ वटा पुस्तकालय उद्घाटन हुँदैछ । पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा जिल्लाको विभिन्न स्थानमा ५ वटा पुस्तकालय उद्घाटन गर्ने भएको हो ।

अभियान समूहले १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आज एकैदिन ५ वटा पुस्तकालय उद्घाटन गरिने भएको हो ।

अभियान समूहले जिल्लाको मकवानपुरको हेटौंडा–१ चौकीटोलमा नवज्योति पुस्तकालय, हेटौंडा–१८ मा दोभानचौर सामुदायिक पुस्तकालय, बकैया गाउँपालिका–७ हात्तिचरणमा हात्तिचरण सामुदायिक पुस्तकालय, मकवानपुरगढी गाउँपालिका–५ धादिङमा हाम्रो सामुदायिक पुस्तकालय र भीमफेदी गाउँपालिका–४ निबुवाटारमा ज्ञानज्योति पुस्तकालय गर्न लागिएको हो ।

पुस्तकालय अभियान समूहका सदस्य विनोद दाहालका अनुसार समूहले यसअघि मकवानपुरमा ६ वटा र बारा जिल्लामा एउटा पुस्तकालय उद्घाटन गरिसकेको छ।