सिमल्टारमा फार्मेसी संचालन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ सिमल्टारको बुद्धचोकमा ल्यावसहितको फार्मेसी संचालनमा आएको छ ।
सोमबार सिमल्टार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरले सिमल्टार रेग्मी फार्मेसीको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।
उनले सिमल्टारमा नै ल्यावसहितको फार्मेसी संचालनमा आएपछि स्थानीयलाई स्वास्थ्य उपचारका लागि बजारसम्म धाउन नपर्ने
बताए ।
सो फार्मेसीमा रगत, सुगर प्रेसर, दीशा, पिसाबलगायतका परिक्षणहरु गरिनुको साथै अन्य स्वास्थ्य सम्बन्धी चेकजाँच र औषधी विक्रिवितरण गरिने संचालक विकास रेग्मीले बताए ।
उद्घाटन कार्यक्रमको अवसरमा सिमल्टारका स्थानीयको निशुल्क मधुमेह (सुगर) परिक्षण गरिनुको साथै केही थान माक्ससमेत वितरण गरिएको थियो ।
