मकवानपुरमा २४ घण्टामा थपिए ३१ जना संक्रमित

तु खबर संवाददाता
२०७८ भाद्र १४, सोमबार १५:४४
file-photo

मकवानपुर । पछिल्लो २४ घण्टामा मकवानपुरमा ३१ जना कोरोनाका संक्रमित थपिएका छन् भने १० जना कोरोनामुक्त भएका छन् ।

२४ घण्टामा १ सय जनामा पिसिआर र २ सय ७३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३० जना र एक जना गरी थप ३१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क छ ।

आज थपिएका संक्रमित ३१ जना नै हेटौंडा उपमहानगरपालिका निवासी रहेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म मकवानपुरमा १४ हजार ७ सय ५६ जनामा कोरोना भएकोमा १४ हजार २ सय ५२ जना संक्रमण मुक्त भएको कार्यालयका प्रमुख प्रणय उपाध्यायले बताए ।

जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६१ जनाको मृत्यु भएको छ ।