विद्यालयमा गैर शैक्षिक कार्यक्रम संचालन नगर्न शिक्षा कार्यालय मकवानपुरको निर्देशन
मकवानपुर । शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरले गैर शैक्षिक कार्यक्रम संचालन गर्न जिल्लाको १० वटै स्थानीय तहमा अवस्थित विद्यालय भवन उपलब्ध नगराउन निर्देशन दिएको छ ।
शिक्षा एकाई मकवानपुरले शनिबार एक विज्ञप्ति जारी गर्दै हेटौंडा उपमहानगरपालिकामा अवस्थित एक विद्यालयको बालविकास कक्षमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको मापदण्ड समेत पालना नगरी राजनीतिक दलको कार्यक्रम संचालन गरेकोप्रति ध्यानाकर्षण गराएको छ ।
इकाई प्रमुख प्रेम खरेलद्वारा जारी विज्ञप्तिमा हेटौंडामा अवस्थित एक विद्यालयमा राजनीति दलको कार्यक्रम गरेको सम्बन्धमा फोटो समेत संलग्न गरी सामाजिक संजालमा पोष्ट गरिएको विषयवस्तुप्रति शिक्षा विकास मकवानपुरको ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा विद्यालयलाई शान्ति क्षेत्रको रुपमा परिभाषित गरिएको, विदालयलाई शिक्षण सिकाईलाई प्रवद्र्धन गर्ने तथा अतिरिक्त क्रियाकलापको गतिविधि तथा सरकारलाई आवश्यक परेको समयमा विद्यालयको भौतिक संरचना उपयोग गर्ने बाहेकप्रति नकरात्मक सन्देश जाने भएकोले उक्त कार्यहरुमा विद्यालय भवन उपलब्ध नगराउन भनिएको छ ।
