हेटौंडा–६ मा भेरोसेल खोपको पहिलो र दोस्रो डोज लगाइने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ मा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको भेरोसेल खोपको दोस्रो डोज यही भदौ १३ गतेदेखि लगाइने भएको छ ।
हेटौंडा स्वास्थ्य चौकी चौघडाले सूचना जारी गर्दै भेरोसेल खोपको दोस्रो डोज भदौं १३ गतेदेखि १६ गतेसम्म लगाइने जानकारी गराएको हो ।
स्वास्थ्य चौकीमा गत साउन २२ गतेसम्म पहिलो डोज लगाएका सेवाग्राहीलाई भदौ १३ गते आइतबार र त्यो दिन छुटेका र साउन २४ र २६ गते लगाएकाहरूलाई भदौ १५ गते मंगलबार दोस्रो डोज लगाइने स्वास्थ्य चौकी प्रमुख टिएन ढुंगेलले जानकारी दिए ।
उनका अनुसार, अनलाइन दर्ता भई यसअघि पहिलो डोज खोप नलगाएका १८ बर्ष माथिका सेवाग्राहीलाई भदौ १६ गते बुधबार खोप लगाइने स्वास्थ्य चौकीले जनाएको छ ।
