कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिइने

तु खबर संवाददाता
२०७८ भाद्र १२, शनिबार ०९:३७
file-photo

काठमाडौं । सरकारले कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिने भएको छ। जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको खोप मध्येबाट कक्षा १द्२ विद्यार्थीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाइसकेका सबै वितरण गरिसकिएको जनाउँदै बाँकी खोप कक्षा १२ का विद्यार्थीलाई लगाइने जानकारी दिए ।

कोरोना संक्रमणका कारण गत साउन ३१ गतेदेखि संचालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो। यसैसन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डले पनि सूचना प्रकाशित गर्दै कक्षा १२ को परीक्षा संचालन गर्नुपूर्व परीक्षामा सहभागी हुने १८ वर्षभन्दा माथिका विद्यार्थीहरुलाई पायक पर्ने खोप केन्द्रमा प्रवेशपत्र सहित उपस्थित भई खाप लगाउन अनुरोध गरेको छ ।