नेपाल र ठाकुरको दल दर्ता प्रकृया आज टुंग्याउने निर्वाचन आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रकृया आज (बुधबार) टुंगो लागउने तयारी गरेको छ ।
आयोगले नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रकृया आज टुंगो लगाउने तयारी गरेको हो ।
आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सामान्यता सनाखतपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिने गर्दछ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पार्टी सनाखतका लागि बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ ।
दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठले बताए ।
