मकवानपुरमा आज ४४ जना संक्रमणमुक्त, ४३ जना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ भाद्र ८, मंगलवार १७:५५
filr-photo

मकवानपुर । मकवानपुरमा आज थप ४४ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ४४ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज २७ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका ५ जना, मकवानपुरगढी गाउँपालिकाका ६ जना, बागमती गाउँपालिकाका ४ जना, मनहरी र बकैया गाउँपालिकाका एक/एक जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार २ सय २२ जना पुगेको छ ।

त्यस्तै, जिल्लामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज २२५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २७ जना, थाहानगरपालिकाका ५ जना, मकवानपुरगढी गाउँपालिकाका ३ जना, मनहरी गाउँपालिकाका ६ जना, भीमफेदी र बकैया गाउँपालिकाका एक/एक जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म १४ हजार ५ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५९ जना पुगको छ । जिल्लामा  थप एक जना कोरोना संक्रमितको मृतयु भएसँगै मृतकको संख्या १५९ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।