दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
जलेश्वर । महोत्तरीको बर्दिबासमा तेल ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ४ प २७०० नं को मोटरसाइकललाई विपरित दिशातर्फ आउँदै गरेको ना ३ ख ८८०० नं को तेल बोकेको ट्यांकरले बर्दिबास नगरपालिका–११ स्थित लक्ष्मीनियाँ चोक नजिकै ठक्कर दिँदा मो. चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–१ मरधरका ३२ वर्षीय धनपैत महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी सर्लाही हरिवन नगरपालिका–२ अतरौलीका नवीन महतो गम्भीर घाइते भएका छन् । नवीनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
