डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको भाउ बढ्यो

तु खबर संवाददाता
२०७८ भाद्र ८, मंगलवार ०८:५५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको भाउ बढाएको हो ।

भारतीय आयल निगमले तेलको मूल्य बढाएर पठाएकोले पेट्रोलियम पदार्थमा मूल्य बढाएको जनाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ र एलपी ग्याँसमा २५ बढाएको छ ।

त्यसैगरी निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोमिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोमिटर कायम गरिएको जनाइएको छ ।