थप १९२० जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र ६, आईतवार १७:३४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ४४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या पीसीआर तर्फ ७ लाख ४७ हजार ४३३ र एन्टीजेन तर्फ ८० हजार २०९ पुगेको छ । तीमध्ये ३८ हजार ७ सय ५१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ हजार २ सय ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको कूल संख्या ६ लाख ९८ हजार १ सय ७३ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको छ ।

हाल ३५ हजार ५५५ जना होम आइसोलेसन र ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा छन्। ४२१ जना क्वारेन्टाइन, ६८१ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।