बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङका ५५ वर्षीय पुरुष रहेका छन् ।
सुर्खेतका ७१ वर्षीय पुरुषमा भदौ १ गते र दाङका ५५ वर्षीय पुरुषमा साउन २८ गते संक्रमण पुष्टि भएको थियो ।
