अपहरणमा परेका हेटौंडाका श्रेष्ठ र मगरको उद्दार
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपहरणमा परेका २ जना युवकको सकुसल उद्दार गरी आज परिवारको जिम्मा लगाएको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर –९ स्वागतटोल बस्ने बर्ष २३ को गोविन्द्र श्रेष्ठ र सोही स्थानमा बस्ने बर्ष २२ को पवन रानामगरलाई सकुसल उद्दार गरी परिवारको जिम्मा लगाएको हो ।
उनीहरु भदौ ३ गते राति ९ः ३० बजे हेटौंडा बसपार्क क्षेत्रबाट अपहरणमा परेका थिए ।
श्रेष्ठ र राना मगरलाई ३ जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर भारतको मोतिहारीसम्म पुर्याएका थिए । त्यसपछि उनीहरुलाई त्यहाँ बन्धक बनाइएको थियो ।
अपहरणकारीले उनीहरुसंग प्रतिव्यक्ति ५ लाख भारु फिरौती माग गरेका थिए । फिरौती नपाए मृगौला बेचिदिने भन्दै यातना दिएका थिए ।
भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । उनले घटनाको विषयमा थप अनुसन्धान भइरहेको समेत बताए ।
