थप ३०४२ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १७:०८

काठमाडौं । थप ३०४२ जनामा कोरोना पुष्टि, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६५४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ५३० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर दुई हजार २४४ जना संक्रमणमुक्त भएका छन् भने २६ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ९२२ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३८७ भने ७१४ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ४४६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।