हेटौंडाका तीन जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १५:५८
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले कुटपिट मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने ३२ वर्षीय यदुकुमार विश्वकर्मा, हेटौंडा–१६ बस्ने ४० वर्षीया राधिका विश्वकर्मा र हेटौंडा–१६ घर भई हाल हेटौंडा–२ मा युनिभर्सल सुन पसल सञ्चालन गरी बस्ने ४८ वर्षीय रामचन्द्र घिमिरे विश्वकर्मा रहेका छन् ।

मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७७ साल मंसिर ९ गतेको फैसलाले कुटपिट मुद्धामा रु. ५ हजार जरिवाना तोकी फरार रहेको यदु कुमार, राधिका र रामचन्द्रलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

नायब उपरीक्षक रिमालका अनुसार पक्राउ परेका उनीहरु जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थिति गराउने कार्य भइरहेको छ ।