हेटौंडाबाट मगर पक्राउ
२०७८ भाद्र ४, शुक्रबार ०९:०२
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरोहेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित बैंकरोडबाट एक ग्राम लालूऔषध खैरोहेराइनसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ बस्ने ३१ वर्षीय सुदिप मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मगरलाई प्रहरी चौकी भुटनदेवीको टोलीले ना ५३ प ९९३७ नम्वरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागूऔषध बरामद भएपछि पक्राउ गरेको
हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
