थप ३४०३ जनामा कोरोना पुष्टि, ४२ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार १७:५८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८ सय ३८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ३ हजार २ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १३ जनामा र ४ हजार ९ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ सय ९० जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार २ हजार १०४ जना संक्रमणमक्त भएका छन् भने ४२ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ८०६ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ५३२ भने ७७० जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ४५७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।