दल विभाजनसम्बन्धी अध्यादेशको महन्थ ठाकुर पक्षद्वारा स्वागत

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल जसपाको महन्थ ठाकुर पक्षले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत गरेको छ ।
सो पक्षले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको समेत जनाएको छ ।
संघीय राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा महन्थ पक्षले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गर्ने समेत जनाएको छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधानसम्मत रहेकोले यसमा कसैको पनि विरोध नरहने दावी गरे ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने पनि जानकारी दिए ।