हेटौंडाका ब्लोन जनकपुरबाट पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १०:२०
सांकेतिक तस्बिर

जनकपुर । जनकपुरबाट एक क्वीन्टल गाँजासहित प्रहरीले हेटौंडाका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ का ३५ वर्षीय वीरबहादुर ब्लोन रहेका छन् ।

उनलाई जनकपरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित मुरलीचोकबाट १० पोकामा रहेको उक्त परिणामको गाँजासहित सोमबार पक्राउ गरेकोे धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बा ५ च १४० नम्वरको भ्यानमा लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ब्लोनलाई हिरासतमा राखि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।