कांग्रेसको नौं वटा भातृ संस्थासंस्थाहरुको म्याद थपियो
काठमाडौं । नेपाली कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद थप गरिएको छ । कांग्रेसले म्याद समाप्त भएका नौ वटा भातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गरेको हो ।
कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरु छन् ।
