तेस्रो लहर कोरोना : आइसोलेशन र अस्पताल सूचीकृत गर्न सरकारको निर्देशन

तु खबर संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १८:१०

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न ७७ वटै जिल्ला प्रमुख अधिकारी (सिडियो) निर्देशन दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्येनजर गर्दै उपचारको लागि आइसोलेशन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

मन्त्रालयले पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन दिएको हो ।

सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउनुपर्ने छ ।