मकवानपुरका स्याङ्तान कलंकीबाट पक्राउ
काठमाडौं । काठमाडौंको कलंकी चोकस्थित सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर बस्ने ४० वर्षीय कप्तान स्याङ्तान रहेका प्रहरीले जनाएको छ ।
उनलाई गएराति काठमाडौंको कलंकी चोकस्थित डियुटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार नकुल गिरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा पक्राउ गरेको हो ।
साथमा कागजपत्र नभएको ना ३ ख ९८४३ नम्बरको मिनी ट्रकलाई कारबाही गर्न खोज्दा चालक स्याङ्तानले ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
पक्राउ परेका उनीमाथि आवश्यक अनसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
