यसरी हेर्न सकिन्छ मैलुङ खोलाको आइपिओ

तु खबर संवाददाता
२०७८ श्रावण २६, मंगलवार ०९:३६
file-photo

काठमाडौं । मैलुङ खोलाको आइपिओ बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सो आईपिओ बाँडफाँडको नतिजा केही घण्टापछि सार्र्वजनिक गरिने कम्पनीले जनाएको छ । ९ः३० बजे बाँडफाँड हुने आईपिओको नतिजा अपरान्ह १ बजेसम्म आईसक्ने कम्पनीको भनाई छ ।

कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार मैलुङ खोला www.mailungkhola.com, बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल  www.siddharthacapital.com, मेरो शेयरको वेबसाइट  www.iporesult.cdsc.com.np  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट हेर्ने सकिने छ ।

नतिजा हेर्नको लागि तपाईले डिम्याट खाताको पूरा नम्वर भने तयारी अवस्थामा राख्नुपर्नेछ ।