कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार ०९:३३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदैछ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् ।

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन मिति भदौ १६ का लागि तोकिएको भएपनि उक्त मितिमा अधिवेशन नहुने भएको हो ।

यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् ।

छलफल आज र भोलि दुई दिनसम्म चल्ने छ ।