भदौ ४ गतेदेखि दुई लघुवित्तले एकीकृत कारोबार शुरु गर्ने
काठमाडौं । आगामी भदौ ४ गतेदेखि दुई लघुवित्तको एकीकृत कारोबार शुरु हुने भएको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार भदौ ४ गतेदेखि शुरु हुने भएको हो ।
यी दुवै कम्पनीले गत असार २१ गते सम्पन्न अलग–अलग साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् ।
नेपाल राष्ट्र बैंकले साउन १५ गते दुई लघुवित्तलाई प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुई कम्पनीले एकिकृत कारोबार थाल्ने भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।



