नेपालमा थप ३२१८ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २३, शनिबार १७:४१
file-photo

काठमाडौं । नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा

८ हजार ८ सय ६६ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा २ हजार २ सय ३१ जना र ४ हजार ७ सय ७ जनाको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा ९ सय ८७ जना गरी कूल ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय २२ रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ पुगेको छ ।