मालपोत कार्यालय हेटौंडाद्वारा ९० करोड बढी राजश्व संकलन

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १४:३७

मकवानपुर । मालपोत कार्यालय हेटौंडाले गत आर्थिक बर्ष २०७७/०७८ मा ९० करोड भन्दाबढी राजश्व संकलन गरेको छ ।

गत आर्थिक बर्षमा रजिष्ट्रेशन र सेवादस्तुर वापत ९० करोड १६ लाख ३६ हजार ४ सय रुपैयाँ राजश्व संकलन गरेको मालपोत कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यालयले रजिष्ट्रेशनबापत ५४ करोड १३ लाख ७३ हजार ४ सय ४१, सेवा शुल्कबापत ६ करोड ६९ लाख १३ हजार ८ सय ९०, पुँजीगत लाभकरबापत २८ करोड ९७ लाख १२ हजार ३ सय ७२, न्यायिक दस्तुरबापत ३३ लाख १५ हजार १ सय ४० , फाइल पुर्जा वापत २ लाख ९ हजार ७ सय ५० र ठाडो रोक्काबापत १ लाख ११ हजार ९ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक बर्ष २०७७/०७८ मा २६ हजार ६ सय ८५ कुल लिखत मार्फत राजश्व संकलन गरेको हो ।

जसमध्य रजिष्ट्रेशन १५ हजार २ सय ९ र धितो वापत ११ हजार ४ सय ७६ वटा रहेको छ । धितोमा ग्रामिण र शहरी क्षेत्रको छुट्टा छुट्टै रहेको बताइएको छ ।