जबरजस्ती करणीको अरोपमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान

तु खबर संवाददाता
२०७८ श्रावण २१, बिहीबार १६:२२

मकवानपुर । जिल्ला अदालत मकवानपुरले किशोरी बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

गत जेठ २५ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ बैंक रोडस्थित एक घरमा फ्ल्याट भाडामा लिई तास खेलिररहेको अवस्थामा प्रहरीले नगद २८ हजार रुपैयाँसहित एक जना किशोरी र पाँच जना पुरुषलाई पक्राउ गरेको थियो ।

प्रहरीको प्रारम्भी अनुसन्धानको क्रममा तास खेलिररहेको स्थानबाट पक्राउ परेकी किशोरीलाई बन्धक बनाई जवरजस्ती करणी गरेको भन्ने खुलेपछि प्रहरीले भोलिपल्ट पनि थप एक जना पुरषलाई पक्राउ गरेको थियो । तीमध्ये जिल्ला अदालत मकवानपुरले दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका ६ जनामध्ये हेटौँडा–४ का रुस्तम कोईराला र अख्तर हुसेनलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

अन्य चार जनालाई जुवा ऐन अन्तर्गत ३० हजार धरौटीमा छोडिएको जनाएको छ ।