सांसद् वलीको स्पष्टिकरण– ‘मुख्यमन्त्री पोखरेलले बन्धक बनाए, शौचालयको चप्पल लगाएर भागें’

तु खबर संवाददाता
२०७८ श्रावण २१, बिहीबार १४:४०
file-photo

बुटवल । लुम्बिनी प्रदेशकी सांसद् विमला वलीले आफुलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएर उनकै निवासमा राखेको आरोप लगाएकी छिन् ।

आज पत्रकार सम्मेलन गर्दै सांसद वलीले मुख्यमन्त्री पोखरेलले आफुलाई साउन १५ गतेदेखि २० गतेसम्म उनकै निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताइन् ।

उनले आफु मुख्यमन्त्री निवासबाट शौचालको चप्पल लगाएर भागेर बाहिर आएको बताउँदै आफुलाई जबरजस्ती बन्धक बनाउनेलाई त्यसै नछाड्ने बताइन् ।

उनले आफु माओवादी केन्द्रमा नै रहेको समेत जानकारी दिइन् ।

हेर्नुहोस् सांसद विमला खत्री वलीले सार्वजनिक गरेको प्रेस विज्ञप्ति