साउनपछि कोरोना संक्रमणदर घट्दै जान्छ– स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनापछि कोरोना संक्रमणको दर क्रमश घट्दै जाने उल्लेख गरेको छ ।
साउन महिनामा मात्रै ५० हजारभन्दा बढी संक्रमित थपिने संभावना रहेको भएपनि साउनपछि क्रमश त्यो संख्या घट्दै जाने मन्त्रालयले जनाएको छ ।
साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने र तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने जनाइएको छ ।
