साउन २३ गतेदेखि ‘नेपाल मास्क अभियान’ सञ्चालन हुने

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार १८:३९
file-photo

काठमाडौं । सरकारले आगामी साउन २३ गतेदेखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि उक्त अभियान संचालन गर्न लागिएको जानकारी दिए ।

उनले ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु,’ म जिम्मेवार नेपाली भन्ने नाराका साथ सरकारले अभियान सञ्चालन गर्न लागेको बताए ।

महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने कुरालाई बुझिदिन उनले सबै नेपाली नागरिकलाई आग्रहसमेत गरेका छन् ।