नेपालमा खोप उत्पादक कम्पनीलाई अनुमति दिने
काठमाडौं । सरकारले नेपालमा खोप उत्पादक कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई प्रोत्साहन गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले बताए ।
विश्वका विभिन्न देशले आफै खोप उत्पादन गरेको छ । नेपालले पनि खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको हो । नेपालले पनि अब यसैगरी खोप उत्पादन गर्न चाहने विदेशी कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ ।
यस्तै, मंगलबरा बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धी आयोग पनि खारेज गर्ने निर्णय गरेको छ । बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो।
भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो ।
