मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ ।
संक्रमणको कारण हेटौंडा उपमहानगरपालिका निवासी एक जना र कैलाश गाउँपालिका निवासी एक जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ निवासी ७० वर्षीय बृद्धको गएराति सात बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई साउन ४ गते कोरोना पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै कैलाश गाउँपालिका वडा नम्वर–९ की ७४ वर्षीया बृद्धा महिलालाई साउन १२ गते कोरोना पुष्टि भएको थियो ।
उनको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
