पछिल्लो २४ घण्टामा ३१२५ संक्रमित थपिए

तु खबर संवाददाता
२०७८ श्रावण १८, सोमबार १८:१८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार १ सय ९८ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ६४ जनामा र १० हजार ६ सय १३ जनाको पीसीआर परीक्षण गर्दा नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट र पीसीआर विधिबाट २ हजार २ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । तीमध्ये हालसम्म ६ लाख ५८ हजार १२२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९ सय २५ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ८ सय ९८ हुँदा संक्रमणमुक्त हुनेको दर ९४ दशमलव १ प्रतिशत रहेको छ । अर्थात हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ ।