मकवानपुरमा ८०२३० जनाले लगाए कोरोनाविरुद्धको पहिलो डोज
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण विरुद्धको पहिलो डोज खोप लगाउनेको संख्या ८० हजार २ सय ३० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा सोमबारसम्म पहिलो डोज खोप लगाउनेको कूल संख्या ८० हजार २ सय ३० जना पुगेको हो ।
जिल्लामा पूर्ण डोज लगाउनेको संख्या ३७ हजार १५ जना मात्र रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा हालसम्म सरकारले तोकेको फ्रन्ट लाइनर भन्दा बाहेक उमेर तोकेर मात्र खोप लगाउन भनेको छ । तर, मकवानपुर जिल्लाका दश वटै स्थानीय तहमा उमेरमा भन्दा पनि आउनेहरुलाई खोप लगाइएको पाईएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको निर्देशनमा हेटौंडाका ४ हजार जना भन्दा धेरै उद्योगी र व्यापारीहरुले खोप लगाइसकेका छन् । अहिले १८ वर्ष भन्दा माथी उमेर समुहका नागरिकलाई खोप लगाउनका लागि फर्म भर्ने काम भइरहेको छ ।
जिल्लामा कोरोना विरुद्ध लड्नका लागि पहिलो पटक आएको कोभिशिल्ड खोपको दोस्रो मात्र धेरै जनाले लगाउन नपाएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । उक्त खोप भारतबाट नआएकालेदोस्रो डोज लगाउन समस्या भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
