मकवानपुरमा थप ११८ जनामा कोरोना पुष्टि, ७८ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ श्रावण १८, सोमबार १७:४३
file-photo

मकवानपुर । मकवानपुरमा आज ११८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आइतबार ८८ जनामा कोरोना पुष्टि भएको मकवानपुरमा सोमबार एकैदिन ११८ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका तथ्याङ्क अनुसार २३८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ११८ जनामा कोरोना पुष्टि भएको हो । जसमा पीसीआरबाट ९५ जना र एन्टीजेनबाट २३ जना रहेका छन् । आजको कोरोना संक्रमित दर ४९ प्रतिशत रहेको छ । आज संक्रमण हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । हेटौँडामा आज ८९ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, जिल्लामा आज ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ७८ जना आज संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेहरुमा हेटौंडाका ५० जना, मकवानपुरगढी, कैलाश, बकैया,मनहरीका ३÷३ जना, थाहानगरका १६ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १२ हजार २ सय ५१ जना पुगेका छन।

यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १४३ जनाको निधन भएको छ । संक्रमणका कारण आज भने कुनै पनि व्यक्तिको निधन भएको छैन ।