नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक आह्वान गरेका हुन् ।
यसअघि एमाले एकताको विषयमा छलफलको लागि स्थायी कमिटी बैठकको मिति तय हुँदै आएको भएनि स्थगित गर्दै आजसम्मका लागि सारिएको थियो ।
शनिबार एमालेको केपी शर्मा ओली पक्ष र माधव नेपाल पक्षको छट्टाछुट्टै बैठकमा ओली र नेपाल दुबैले एकअर्काको आलोचना गरेका थिए ।
विवाद समाधान गर्ने पहल भइरहेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एकअर्काको आलोचना गरेका छन्।
वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन हुन नसक्ने अडान राखेका छन् भने पार्टीमा समान हैसियतअनुसार अध्यक्ष हुनुपर्ने बताइरहेका छन्।
