थप ३१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै देशभर हालसम्म कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ । तीमध्ये हालसम्म ६ लाख ५४ हजार १७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको मन्त्रालयले जनाएको छ ।
