माधव नेपाललाई पार्टीमा कुनै स्थान छैन, फर्कन चाहानेहरुलाई स्वागत छ – केपी ओली

तु खबर संवाददाता
२०७८ श्रावण १६, शनिबार १५:०४
file-photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाललाई अब पार्टीमा स्थान भएको बताएका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै अध्यक्ष ओलीले माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ नभएको बताए ।

उनले माधव नेपाललगायतका केही मुख्य नेतृत्वकर्ताबाहेक अरु पार्टीमा फर्कन चाहेमा फर्कन सक्ने बताए ।

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।